आज साउने सोमबार

आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ ।

Advertisement

पूर्वकै प्रमुख धार्मिक पर्यटकीयस्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ । गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा रहेको बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ । पहेंलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोसी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहि आएको छ ।

साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको बिहार, पश्चिम बंगाल, दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानबाट भक्तजनहरु आउने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

Advertisement

भगवान शिवले समुद्र मन्थन गरेर निस्किएको अमृतको मुख्यपिण्ड नै धरानको विजयपुर रुद्रक्षमय पिण्डेश्वर बाबाधाम हो भन्ने विश्वास हिन्दू धर्मग्रन्थमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top