१५ असाेज, काठमाडौं ।
स्पेनिस ला लिगाले आजदेखि सुरु भएको साफ च्याम्पियनसिपका लागि नेपाललाई शुभकामना दिएको छ । स्पेनिस शीर्ष डिभिजनको ला लिगाले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शुभकामना दिएको हो ।
‘अल द बेस्ट नेपाल फर साफ च्याम्पियनसिप’, ला लिगाले भनेको छ । साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्सको मालेमा सुरु भएको छ ।
नेपालले आजै आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पाँचवटा टोली सहभागी साफमा पाकिस्तान र भुटानको सहभागिता रहनेछैन ।
नेपाली टिम :-
गोलरक्षक : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की
डिफेण्डर : दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पुजन उपरकोटी
मिडफिल्डर : तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनीष डाँगी, अन्जन बिष्ट, विशाल राई, सुनिल बल
स्ट्राइकर : नवयुग श्रेष्ठ, आशिष लामा