इटहरीमा सुरु भयो दशैं लक्षित बजार अनुगमन

१५ असोज ७८, शनिबार

१५ असाेज, इटहरी ।
इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । विहान इटहरीवजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो ।

Advertisement

अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ । तीन वटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ ।

इटहरीमा अब नियमित रुपमा वजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । इटहरीमा समय समयमा भएका बजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको,लेवल लगाएर मात्र समान वेच्न थालिएको,डेट भएका मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भट्टराईले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top