काठमाडौं र भैरहवाबीचको खेल रद्द

१६ असाेज, काठमाडौँ ।

काठमाडाैँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण टस नै नभई खेल रद्द भएकाे हाे ।

वर्षा र मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो । यसमध्येका तीन खेल टस नै नभई रद्द भएका थिए । यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा होइन भन्ने बारे आयोजकले केही जनाइसकेको छैन ।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । विराटनगरले पहिलो खेल पोखरा राइनोजसँग अंक बाँडेको थियो । विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको छ । काठमाडौंलाई प्लेअफमा स्थान बलियो बनाउन जित्ने पर्ने दबाब थियो । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौ स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित सहित ४ अंक सहित दोस्रो स्थानमा छ । काठमाडौंले आइतबार विराटनगर वारियर्ससँग खेल्ने छन् । भैरहवाले सोमबार चितवन टाइगर्स खेल्ने छ । शनिबार दोस्रो खेलमा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top