विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे सडक अबरोध

Share this
741shares

विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे विराटनगरका स्थानीय आन्दोलनमा उत्रिएका छ । विराटनगरमा निर्माणाधीन सडकका कारण उत्पन्न धुलोकोे समस्याले आजित भएका विराटनगरबासीले बिरोध जनाएका हुन् ।

Advertisement

महानगरको वडानम्बर ५ र ३ का बासिन्दाले  सोमबार कोशी राजमार्ग सडक अवरोधगर्दै धुलोको समस्या समाधान गर्न माग गरेका छन । उनीहरुले प्लेकार्डसहित सडकमा उभिएर केहिबेरकालागि यातायात आवगमनमा अवरोध गरेका थिए । निर्माणकार्यमा ढिलाई गरिएका कारण उत्पन्न धुलो समस्याले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या  भएको उनीहरुले बताएका छन् ।ठेकेदार पक्ष सहित सरोकारवाला निकायलाई पटकपटक गुनासो राख्दा समेत सुनवाई नभएपछि बाध्य भएर बिरोधमा उत्रिनुपरेको स्थानीय गरिमा खनालले प्रतिक्रिया दिएकी छिन्  ।

विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सो सडकखण्ड सम्पूर्णरुपमा कालोपत्रे नगरिएकाले सर्वसाधारणले महिनौं अघिदेखि धुलोको समस्या खेपिरहेका छन्  । महेन्द्रचोक उत्तर  भृकुटी चोक अगाडिसम्म सडकको बिचभाग कालोपत्रे गरिएपनि त्यसभन्दा उत्तरतर्फको सडकमा कालोपत्रे नगरिएका कारण सर्वसाधारण धुलो र वर्षातमा हिलोको समस्याले पीडित हुंदै आएका छन्  ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top