उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

१५ असोज ७८, शनिबार

१६ असाेज, अछाम ।

उच्च रक्तस्रावका कारण अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि ३० वर्षकी पूर्णकला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बिहीबार राति ८ बजे सुत्केरी बेथा लागेपछि रहफ स्वास्थ्य चौकी लगिएकी बिकको आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिए ।

घरमा व्यथा लागेकी बिकलाई स्वास्थ्य चौकी लगिएकोमा रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको स्वास्थ्य चौकी रहफले जनाएको छ । बिकको यो पाँचौँ बच्चा भएको र यसअघि ३ छोरा र १ छोरी गरी ४ सन्तान रहेका तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बुढाले बताए।

भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए।

उनले यसअघि यस्ता प्रकृतिका बिरामी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिँदै आएकोमा यो घटना आफूलाई समयमै जानकारी नभएकाले बिकलाई बचाउन नसकिएको बताए ।

मृतक सुत्केरी विकका श्रीमानको समेत २ महिना अघि मृत्यु भैसकेको स्वास्थ्य शाखा प्रमुख बुढाले जानकारी दिए। आमाबुवा नै बितेपछि बच्चाको बिचल्ली हुने उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top