सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा

७ साउन ७५, मंगलबार

काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।  सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा सुविधा कार्यालय खर्च तथा पानी बत्तीको खर्च विवरण पेस गर्न पाउने समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

गत चैत्र १८ गते सरकारले सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न नयाँ निर्देशका जारी गरेको थियो ।

निर्देशिककाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले समितिहरुको खाता रोक्का गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top