ला लिगा : बार्सिलोनामाथि एट्लेटिको मड्रिडको जित

१७ असोज ७८, आइतबार
Share this
709shares

१७ असोज, काठमाडौं ।

Advertisement

स्पेनिस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ। उरुग्वेली फरवार्ड लुइस सुआरेजले एक गोल गर्दै अर्काे असिस्ट दिएपछि बार्सिलोना २–० गोलअन्तरले पराजित भएको हो।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा एट्लेटिकोको जितमा थोमस लेमार र लुइस सुआरेजले गोल गरेका थिए।

Advertisement

खेलको दुवै गोल पहिलो हाफमा नै भएको थियो। २४औं मिनेटमा थोमस लेमारको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो। उनले लुइस सुआरेजको पासमा गोल गरेका थिए।

खेलको ४४औं मिनेटमा सुआरेजले थोमस लेमारको पासमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

Advertisement

दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाए पनि फिनिसिङमा चुक्दा ला लिगामा सिजनको पहिलो हार बेहार्न पुग्यो।

एट्लेटिको भने ला लिगामा अपराजित रहेको छ। जितसँगै अपराजित रहेको एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ।

पराजित बार्सिलोना ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top