चीनपछि भारतमा पनि विद्युत संकट

१६ असोज ७८, आइतबार

१७ असोज, एजेन्सी ।

चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ ।

चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेको आँकलन गरिएको हो ।

भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै समाचारमा जनाएअनुसार १३५ पावर संयन्त्रमध्ये ७२ वटासँग आगामी तीन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात छ ।

यो संयन्त्रले भारतमा कुल खपतको ६६.३५ प्रतिशत बिजुली उत्पादन गर्छ । जसमध्ये ७२ संयन्त्र बन्द भएमा ३३ प्रतिशत बिजुली कमी हुनसक्ने अनुमान गरिएको छ ।

भारतमा कोरोना अघि अगस्ट–सेप्टेम्बर २०१९ मा दैनिक १० हजार ६६० करोड युनिट बिजुली खपत हुन्थ्यो भने २०२१ को अगस्ट–सेप्टेम्बरमा बढेर खपत १२ हजार ४२० करोड युनिट पुगेको छ ।

त्यतिखेर थर्मल पावर संयन्त्रमार्फत कुल खपतको ६१.९१ प्रतिशत बिजुली उत्पादन हुँदै आएकोमा हाल आएर १८ प्रतिशत कोइला खपत बढेको छ । तर, सेप्टेम्बरमा कोइला खानी क्षेत्रमा भारी वर्षाका कारण आपूर्तिमा समस्या आएको थियो ।

भारतले कोइला उत्पादनसँगै आयात पनि गर्छ । तर,कोइला आयात पनि महँगो भइदिएको छ । इन्डिोनेसियाबाट आयात हुने कोइला दुई वर्षमा प्रतिटन ६० डलरले बढेर २०० डलर पुगेको छ । जसकारण आयात घटिरहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

विश्वमा कोरोना संकटपछिको अर्थतन्त्र चलायमान हुन थालेसँगै चीन, भारतजस्ता ठूला मुलुकमा विद्युत संकट देखा पर्न थालेको हो । चीनको पूर्वाेत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएपछि त्यहाँ विद्युत संकट बढिरहेको हो ।

उत्तरी चीनको टियानजिङ सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिमा आएको समस्याले प्रभावित भएको छ । जारी ऊर्जा संकट गहिरिँदै गएमा विश्वभर विद्युतीय सामग्रीसँगै औषधि, प्लास्टिक, कार, अटोमोबाइल्ससँगै अन्य उद्योगको उत्पादनमा असर पर्न सक्ने ठानिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top