एमाले विधान महाधिवेशन : तेस्रो दिनको पूर्ण सत्र सुरू, समूहगत रिपोर्ट प्रस्तुत हुँदै

१७ असोज ७८, आइतबार
Share this
706shares

१७ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनको तेस्रो दिनको पूर्ण सत्र सुरू भएको छ।

तेस्रो दिनको सत्रको सुरुमा समूहगत रुपमा तयार पारिएको रिपोर्ट प्रस्तुतीकरण हुँदै छ। सुरुमा गण्डकी प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ। जगत विश्वकर्माले गण्डकीको प्रतिवेदन प्रस्तुत गर्दै छन्।

Advertisement

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएको थियो।

Advertisement

शनिबार १० मध्ये ५ समूहले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्। शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top