राजकुमार लेखीसहित ५५ जना एमालेमा प्रवेश

Share this
692shares

१७ असोज, काठमाडौं ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन्।

आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री रहेका लेखी एमाले विधान महाधिवेशन स्थलमा पुगेर पार्टी प्रवेश गरेका हुन्। लेखीले तीन दिनअघि लोसपा परित्याग गरेका थिए।

Advertisement

लेखीलाई महाधिवेशनस्थलमा महासचिव ईश्वर पोखरलले टीका लगाई पार्टी प्रवेश गराएका हुन्। सो अवसरमा लेखीसहित ५५ जना एमालेमा प्रवेश गरेका हुन्।

साविक जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका लेखीले विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गर्न लागेको बताएका थिए।

Advertisement

लेखीसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सर्लाहीका नेता अमर धमला पनि एमालेमा प्रवेश गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top