ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

१७ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।

यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर, ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।

यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् ।

त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई व्याख्या गर्दै यसबारे जानकारी गराएका हुन् ।

एउटै व्यक्ति सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानमा व्यवस्था गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.