राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, साउन ८
राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको छ । बैठकको शुरुमै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको हो ।

प्रतिपक्षले विरोध जनाइरहँदा पनि नेकपाका प्रमुख सचेतक भट्टराईले पछिल्लो समय विकसित राजनीतिक घटनाप्रति सत्तापक्ष जिम्मेवार रहेकोले सदनलाई रोक्नु आवश्यक नरहेको धारणा व्यक्त गर्दै कार्यसूचीमा प्रवेश गर्न अध्यक्षसँग आग्रह गरेका थिए ।

Advertisement

आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन ९ गते बिहान ११ बजे बस्नेछ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top