कतारमा कुनै महिला उम्मेदवार निर्वाचित नहुँदा निराशा

१७ असोज ७८, सोमबार

१७ असोज, दोहा ।

कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेद्वार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन्।

यो सँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद् नियुक्त गर्दा महिलालाई समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जन भन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसद् भन्दा पनि लोकतन्त्रको महत्त्वपूर्ण पक्षको रूपमा हेरिएको छ।

निर्वाचनमा पराजित उम्मेदवार आयशा जसिम अल(कुवारीले अमीरको कोटा अर्को विधानसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नको लागि महत्त्वपूर्ण रहेको बताएकी छिन्। आयशा १४ जना पुरुष दावेदारहरू विरुद्ध चार अन्य महिलाहरू सँगै निर्वाचनमा भाग लिएकी थिइन्।

‘केही महिला उम्मेदवारहरू पक्कै निराश भएका छन् किनकि उनीहरूले बलियो कार्यक्रम प्रस्तुत गरेका थिए तर पनि पुरुष उमेद्वार नै विजयी भए,’ उनले भनिन्।

अमीरले गर्ने नियुक्ति कहिले हुनेछ वा कहिले परिषद बैठक बस्नेछ भन्ने बारे अझै स्पष्ट भएको छैन। अर्की मतदाता शम्माले आफ्नो पूरा नाम खुलाउँन अस्वीकार गर्दै भनिन् ‘म खुसी छैन किनकि ती सबै (विजेता) पुरुष हुन् (उनीहरू मध्ये केही पुराना छन्। इमान्दारिता पूर्वक भन्नुपर्दा म अचम्ममा परेकी छु यो परिणाम उचित छैन जहाँ महिलाको प्रतिनिधित्व शून्य छ।’

यसैगरी गल्फ इन्टरनेशनल फोरमकी निर्देशक डानिया थाफेरले ट्वीटमा लेखेकी छिन् ‘मँ अमीरले महिलालाई नियुक्त गर्ने प्रबल सम्भावना देखेको छु।’ कतारमा शनिबार भएको विधायिका निर्वाचनलाई निकै चासो पूर्वक हेरिएको थियो।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top