×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माली बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु ४ जना घाइते

१७ आश्विन २०७८

१७ असोज, एजेन्सी ।

मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ। आक्रमणमा अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले शनिबार जनाएको छ।

Advertisement
Advertisement

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले भने, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मालीका अधिकारीहरुलाई आक्रमणकारीहरूको पहिचान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्, ताकि उनीहरुलाई छिटो भन्दा छिटो न्यायको दायरामा ल्याउन सकियोस्। महासचिव गुटेरेसले शान्ति सेनाहरू बिरूद्धका हमलाहरू अन्तरराष्ट्रिय कानून बमोजिम युद्ध अपराध हुनेबताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मालीका अधिकारीहरूलाई फोन गरी संयुक्त राष्ट्रसंघले माली सरकार र जनतालाई दिएको समर्थनको पुष्टि गरे र मारिएका इजिप्टका सैनिकको परिवारप्रति र सरकार एवं इजिप्टका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

माली २०१२ देखि एक इस्लामिक चरमपन्थी विद्रोहलाई नियन्त्रण गर्न कोसिस गरिरहेको छ। २०१३ को फ्रान्सेली नेतृत्वको सैन्य अभियानको सहयोगमा मालीको उत्तरी शहरहरूमा चरमपन्थी विद्रोहीहरुलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो।

विद्रोहीहरु चाँडै मरुभूमिमा पुनर्गठित भए अनि मालीकासेना र यसका सहयोगीहरूका विरुद्ध निरन्तर हमला गरिरहेका छन् ।

चरमपन्थीहरुले मध्य मालीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्, जहाँ उनीहरूको उपस्थितिले यस क्षेत्रका जातीय समूहहरू बीच तनाव बढेको छ।

Advertisement

इस्लामिक चरमपन्थीहरूले उत्तरका प्रमुख शहरहरुको नियन्त्रण लिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति मिशन २०१३ देखि मालीमा रहेको छ। यो शान्ति सेनाका लागि सबैभन्दा घातक बनेको छ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top