कालापानी, लिपुलेक क्षेत्रमा जनगणनाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह

१८ असोज, काठमाडौं ।

राष्ट्रिय जनगणनाको अन्तिम दिनसम्मपनि मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारीको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको भन्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरीवेक्षक नै नपठाएको भन्दै नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्तिमार्फत विरोध जनाएका छन्।

महाकालीपारी दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक,तिंकर र त्योसँगै जोडिएरको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन भने अहिले पनि घरपरिवार सूचीकरण हुन नसक्नु दुःखद् विषय भएको उनले उल्लेख गरेका छन्।

चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएको, भारत भएर जान सुरक्षाको चुनौती र नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन गर्न कठिन देखिएको हुँदा त्यसका लागि सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top