२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं ।

हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ ।

कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो ।

बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सबैभन्दा धेरै मूल्य बढ्ने तरकारीमा गोलभेडा रहेको छ । असोज १४ गते प्रतिकिलो १२ रुपैयाँ औसत थोक मूल्य रहेको सानो लोकल गोलभेडाको मूल्य पछिल्लो २ सातामा २ सय ८० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।

टनेलको गोलभेडाको मूल्य पनि १ सय ७८ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २० रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी घिरौंलाको मूल्य ७३ प्रतिशतले बढेर प्रतिकिलो ५५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।

स्थानिय काउलीको मूल्य पनि ५० प्रतिशतले वृद्धि हुँदै ६० रुपैयाँ बाट ९० रुपैयाँ किलो पुगेको छ ।

धेरै मूल्य बढ्ने तरकारीमा तितेकरेला, तनेबोडी, भिण्डी, चिचिन्डो र लौका पनि रहेका छन् । २ साता अघिको मूल्यमा २५ रुपैयाँ बढेर तितेकरेलाको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ भने तनेबोडीको मूल्य ५० रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय २५ रुपैयाँ पुगेको छ ।

समितिको दैनिक तरकारी आगमनको तथ्यांकलाई हेर्ने हो भने हरेक दिनजसो ८ सय देखि ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिने गरेको छ । आपूर्ति प्रणालीमा कुनै समस्या नभए पनि तरकारीको मूल्य भने बढेको बढ्यै छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले समग्रमा आपूर्ति प्रणाली राम्रो देखिए पनि सबै तरकारीको आपूर्ति एकनासको नहुँदा कुनै तरकारीको मूल्य अस्वाभाविक तरीकाले बढेको देखिएको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top