टिचिङबाट माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

टिचिङबाट माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

१८ असोज, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.