उच्च अदालतले घटायो सञ्जय साहको ५ वर्ष कैद, ज्यान मार्ने उद्योगको जन्मकैद भने सदर

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं ।

Advertisement

जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ’टक्ला’को कैद उच्च अदालत जनकपुरले घटाएको छ। तर, ज्यान मार्ने उद्योगमा भने जन्मकैद सदर भएको छ।

यसअघि जिल्ला अदालतले फैसला सुनाउँदै १२ वर्ष कैद तोकेकोमा उच्च अदालतले ५ वर्ष घटाएर ७ वर्षमात्र कायम गरेको छ।न्यायाधीशद्वय रमेश ढकाल र धिरबहादुर चन्दको इजलासले ज्यान मार्ने उद्योगमा सजाय कम गर्ने फैसला सुनाएको हो।

Advertisement

उच्च अदालतका अनुसार साहको जन्मकैदको मुद्दा जिल्ला अदालतको आदेश सदर भएको र उद्योगमात्र कमि भएको हो। जन्मकैदमा कति सजाय हुने अर्को सुनुवाइले निर्धारण गर्ने छ। साहसहित अन्यलाई दोषी ठहर गर्दै जिल्ला अदालतले धनुषाले जन्मकैद सजाय हुने फैसला गरेको थियो।

जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाइते भएको मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या गरेको अभियोगमा साह मुछिएका थिए।

Advertisement

यसका अतिरिक्त हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय समेत भुक्तान गरिसकेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहमाथि साढे २१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। त्यसैगरी, सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि साहको सम्पत्ति विषयमा अनुसन्धान गरिरहेको अवस्था छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top