नेकपा एमालेमा फरक मत आएको छैन : विष्णु पौडेल

१८ असाेज, काठमाडाैँ ।

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन् । पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे।

सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए। उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमती रह्यो भने उसले औपचारिक रुपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं । औपचारिक रुपमा माईन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिदैन । अव यस पटकको जहाँसम्म सन्दर्भ छ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होईन । विचार त सबैले व्यक्त ग¥यौं हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रिय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरु बोल्यौं । तर अज औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होईन । त्यसकारणले पार्टीमा फरक मतको अवस्थानै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसावले एकतावद्ध छ ।’

विधान महाधिवेशनले एमाले विभाजन नभएको पुष्टि गर्याे

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्डावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको पनि बताए। उनले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौ । त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन । केही साथीहरु स्वार्थबस, कुण्डाबस, ईस्यावश पार्टीबाट अलग भए । केही साथीहरु भ्रममा परे । तर भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन ।’

राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे । हिजो (आईतबार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए । उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए। उनले भने, ‘महाधिवेशन निर्धारित समयमै हुन्छ । हिजो अध्यक्षले विधान महाधिवेशनको सन्दर्भमा बुटवलमा राष्ट्रिय महाधिवेशन आयोजना हुने कुरा घोषणा गर्नु भएको छ । भव्यतापूर्वक आयोजना हुन्छ । तोकिएकै समयमा आयोजना हुन्छ । सफलतापूर्वक सम्पन्न हुन्छ । त्यसले राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)को भूमिकालाई अरु बढि प्रभावकारी बनाएर जान्छ ।’

उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पारे । उनले भने, ‘एकता भावका साथ प्रवेश ग¥यौ । एकताभावका साथ छलफल ग¥यौै । सहमती र सर्वसम्मतीले निर्णय ग¥यौं । र एकतावद्ध भएर हल बाहिर निस्कियौं । यो चाँही महाधिवेशनको विशिष्ट विशेषता हो भन्ने म ठान्दछु । यसले चाँही आम जनता र कार्यकर्ताप्रति पार्टीको भरोसा बढाएको छ ।’

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top