मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

१७ असोज ७८, सोमबार

१८ असाेज, राजविराज ।

Advertisement

राजविज: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

उनले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराए । “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भने ।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताए । विचारको आधारमा पार्टी गठन भएको भन्दै उहाँले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गरे । रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top