काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

१८ असाेज, काठमाडौँ ।

Advertisement

काठमाडौँमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा १ सय ६१ जनालाई पक्राउ गरी सार्वजनिक गरकेाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जाकारी दिए। पक्राउ गरिएका २०७ मध्ये ४६ जनालाई कारागारमा थुनामा पठाइएको छ। एसएसपी सिंहले जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको  बताए ।

Advertisement

दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो। सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top