चोरी र पाकेटमारले भरिए काठमाडौं प्रहरीका हिरासत कक्ष

१८ असोज ७८, मंगलबार

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासत कक्ष छन् ।

पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ गरेको छ । २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो । उनीहरूमध्ये ४६ लाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएका छन् । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गर्‍यौं । त्यसमध्ये ४६ जना जेलमा छन् । बाँकी हाम्रै हिरासत कक्षमा छन् । त्यसैले अहिले हाम्रा सबै हिरासतकक्ष चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्तले भरिएका छन्,’ काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले भने ।

प्रहरीका अनुसार सबैभन्दा धेरै चोरी र पाकटेमार धन्दासँग सम्बन्धित अभियुक्त नयाँ बानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश सार्वजनिक बसका यात्रीलाई लुट्ने धन्दामा संलग्न रहेको देखिएको छ । बाँकी सुनसान घर तथा डेरा चोरी गर्ने र भिडभाडको फाइदा उठाउँदै लुट्ने धन्दामा संलग्न छन् । ‘धेरै अभियुक्त नयाँबानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । यसमा सबै वृत्तको सक्रिय भूमिका छ । विशेष गरी सार्वजनिक बसमा यात्रा गर्ने यात्रु लुट्नेहरू धेरै पक्राउ परेका छन्,’ एसएसपी सिंहले भने ।

परिसरका अनुसार पक्राउमध्ये अधिकांश पटके र केही नयाँ चोर र पाकेटमार छन् । पटकेहरू अन्य विभिन्न अपराधमा पनि संलग्न रहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरूलाई पुपक्र्षका लागि कारागार चलान गरिएको हो । प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोलेगुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन ।

पर्वका वेला हुन सक्ने सम्भावित अपराध रोक्न प्रहरीले यो अपरेसन चलाएको एसएसपी सिंहले बताए । ‘यो पर्वको समय हो । यसवेला मौका ढुकेर बसेकाहरूले अपराध गर्न सक्छन् । विगतका घटनाले यसलाई पुष्टि गरेको छ । यस्ता घटना हुन नदिन हामीले अपरेसन चलाएका हौं’, उनले भने ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top