×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खाडी र मलेसियामा मात्र ९,३१७ ले गुमाए ज्यान

१९ आश्विन २०७८

काठमाडौं: रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा नौ हजार ६ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये नेपाली श्रमिकका प्रमुख गन्त्यव्य खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय १७ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमनमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ । यी देशमा ह्दयघातबाट मात्रै दुई हजार एक सय १७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, सडक दुईघटनामा एक हजार दुई सय ५४ र कार्यस्थलमा सात सय १३ जनाको मृत्यु भएको छ । एक हजार एक सय चार जनाले त आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । बोर्डले नेपाली श्रमिक रहेका ५० देशको तथ्यांक अद्यावधिक गरेको छ ।

Advertisement

उता बेलायतको हड्र्सफिल्ड र बर्नमाउथ युनिभर्सिटीमा अध्यायपन गराउने नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयघातलगायत मुटुसम्बन्धि समस्याले ज्यान गुमाउनुुपरेको उल्लेख छ । उनीहरुले सम्बन्धित मुलुकमै कार्यरत एनआरएनए सदस्यसमेतको सहयोगमा सन् २००८ देखि २०१९ सम्मको रिपोर्ट तयार पारेका थिए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top