नेपालका लागि तीन अंक नै ठूलो : प्रशिक्षक अल्मुताइरी

नेपालका लागि तीन अंक नै ठूलो : प्रशिक्षक अल्मुताइरी

१९ असाेज, काठमाडाैँ ।

साफ च्याम्पियनसिप २०२१ मा नेपालले सोमबार राति श्रीलंकामाथि ३–२ को सनसनीपूर्ण जित निकालेपछि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो लागि  जितबाट प्राप्त तीन अंक नै ठूलो भएको बताएका छन् ।

खेलपछि पोस्ट म्याच कन्फेरेन्समा अल्मुताइरीले अर्को जित नै ठुलाे भएकाे भन्दै खुशी व्यक्त गरे ।  नेपालको लगातार दोस्रो जितपछि छ अंक भएको छ र पाँच टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।

अल्मुताइरीले भने, ‘वास्तवमै म निकै खुसी छु । नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ । नेपालका लागि यस खेलमा पनि प्राप्त तीन अंक नै ठूलो हो । हामीले के कस्तो खेल्यौं, त्यसको विश्लेषण पछि गरौंला । साफ च्याम्पियनसिप जस्तो प्रतियोगितामा तीन अंक नै ठूलो हो ।’

उनले अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको पनि बताए । प्रशिक्षक अल्मुल्ताइरीले थपे, ‘अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । तर यस्तै हो भन्न सकिन्न । अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेश खेल्नेछन् । यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रष्ट पार्नेछ । मलाई विश्वास छ, यो चरणमा पनि केही आश्चर्यजनक नतिजा आउने छन् ।’

नेपालको म्याच डे थ्रीमा खेल छैन । यस्तोमा खेलाडीले छ दिनको आराम पाउने छन् । नेपालले अब अक्टोबर १० मा भारतको सामना गर्नेछ ।

पोस्ट म्याच कन्फ्रेन्समा खेलाडीको प्रतिनिधित्व गर्दै अञ्जन विष्टले टिमको अहिलेसम्मको यात्रामा खुसी व्यक्त गरे । उनले भने, ‘आजको जितमा हामी सबै खुसी छौं र विशेषत: मलाई विश्वास गरेकोमा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छुं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.