‘विज्ञापनमा कमिशन लिने कार्यको अन्त्य गर्नुपर्छ’

१८ असोज ७८, मंगलबार

१९ असोज, मोरङ ।

सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित सूचना तथा सञ्चारसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले मन्त्रालयले पत्रकारको वृत्ति विकासका लागि आवश्यक कानुन निर्माण गरी कार्य गर्न आग्रह गरेका छन्।

आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले जनताप्रति उत्तरदायित्व बनाउन सञ्चारकर्मीले स्वस्थ्य रुपमा आलोचना गर्न आग्रह गरे। उनले सञ्चार क्षेत्रलाई मजवुत र मन्त्रालयको कामलाई पारदर्शी बनाउन महासङ्घसँगको सहकार्यमा आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विज्ञापनको कमिशनलाई अन्त्य गर्न सञ्चार गृहलाई सोभैm विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाबाट ज्यान गुमाएका दुई सञ्चारकर्मीलाई रु ५०÷५० हजार तथा कोरोना सङ्क्रमित सात जनालाई रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको सो अवसरमा जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सभापति लिलावल्लभ घिमिरेले पत्रकारका समस्या र यसका समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै ३० दैनिक, ११० एफ एम, ५८ साप्ताहिक पत्रपत्रिका, २०० अनलाइन, सात टेलिभिजन र एक हजार ६१० पत्रकार कार्यरत रहेको जानकारी दिए।

मन्त्रालयका उपसचिव कमल थापा, वरिष्ठ पत्रकार मोहन भण्डारी, प्रदेश पत्रकार महासङ्घका निर्वतमान सभापति विक्रम लुईँटेल, मोरङका सभापति सञ्जिव खनाल, सञ्चारिका समूह प्रदेश १ का अध्यक्ष इन्दिरा भट्टराई र अनन्त न्यौपानेले श्रमजीवी पत्रकारलाई सूचनामा पहुँच सहज बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अन्तरक्रियामा मोरङ जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारको सहभागिता थियो।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top