एमालेले संसदमा नाराबाजी मात्रै गर्‍यो, त्यसको जवाफ सुन्नै चाहेन : दिलेन्द्र बडु

१९ असाेज, काठमाडाैँ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताएका हुन् । सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उहाँले बताए । संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए । संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ । उनले भने – ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडी बढाउन आम धारणा बनेको बताए । चुनावी परिणाम विभिन्न समुहको मिश्रित रुपमा आएको भन्दै उनले यसले पार्टीलाई समुहगत रुपमा पनि सन्तुलित राख्ने बताए । उनले भने – ‘रिजेल्ट सबै समुहको आइराखेको छ । एकमात्रको आइराखेको छैन । त्यसकारणले समुहगत रुपमा पनि सन्तुलित रहन्छ । राम्रो अभ्यास भएको छ । प्रजातान्त्रिक अभ्यास सुरु भयो यो राम्रो कुरा हो । यसले पार्टीलाई अझ बढी सक्रिय बनाउँछ र जनताको तहसम्म पार्टी सक्रिय हुन्छ । अब एउटा प्रशिक्षित, शिक्षित र अनुशासित पार्टीको रुपमा अगाडी बढाउनुपर्छ भन्ने आम धारणा तल्लो तहबाट आएको छ । यो चुनावमा त्यो देखिएको छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई अझ सशक्त, सक्रिय र जनताको माझमा जानका लागि प्रेरित गर्छ ।’

त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्धा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताए । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्ने उनले बताए । उनले भने – ‘उहाँहरुले जुन इस्यु उठाइराख्नु भएको छ त्यो उठाउनु कुनै आवश्यक नै छैन । त्यसले एउटा निकास पाइसकेको अवस्था छ । अब सेफल्याण्डिङ कसरी गर्ने भन्ने उहाँहरु पनि बाटो खोजिराख्नु भएको छ । अब सर्वदलीय बसेर यसलाई निकास दिनुपर्छ ।’

सांसद कडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताए । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top