NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

चितवनका निजी अस्पतालले बढाए ४० प्रतिशत ओपिडी शुल्क

बुधबार अशोज २० , २०७८
Reading Time: 1 min read
A A
चितवनका निजी अस्पतालले बढाए ४० प्रतिशत ओपिडी शुल्क
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० असोज, चितवन ।

चितवनका निजी अस्पतालहरूले दसैंको मुखमा ओपिडी शुल्क बढाएका छन् । सरकारको अनुमति र स्वीकृति बिना नै अस्पतालहरूले ४० प्रतिशत ओपिडी शुल्क बढाएका हुन् ।

यसअघि प्रतिबिरामी ओपिडी शुल्क ५०० रुपैयाँ लिने गरेकामा ७ असोजदेखि ७०० रुपैयाँ लिन थालेका छन् । कुनै अस्पतालले त ८०० सय रुपैयाँसम्म लिने गरेको सेवाग्राहीको गुनासो छ ।

LS Auto

चितवनमा दुई मेडिकल कलेज बाहेक २० वटा निजी अस्पताल छन् । २५ वटासम्म बेड क्षमता भएका अस्पताल स्थानीय तह र २६ देखि २०० वटासम्म बेड क्षमता भएका अस्पताल प्रदेशस्तरका हुन् । २० वटा निजी अस्पतालहरूमा करिब ९०० बेड छन् ।

बागमती प्रदेशको अनुमतिबिना नै चिकित्सकको दबावमा अस्पतालहरूले ओपिडी शुल्क बढाएका हुन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको दबावमा ओपिडी शुल्क बढाइएको हो ।

कोरोना महामारीले पिल्सिएका सेवाग्राहीहरू दसैं मनाउने तरखरमा रहेका बेला अस्पतालले ओपिडी शुल्क बढाउनु गलत भएको उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुषाल बताउँछन् ।

‘दसैंको मुखमा हरेक चिजको मूल्य वृद्धि हुन्छ । त्यसमा अस्पतालले पनि शुल्क बढाउँदा महामारीले पिल्सिएर बल्लतल्ल उठ्न खोजेका सेवाग्राही मर्कामा पर्छन् । यसो गर्नु हुँदैन’, उनले भने ।

चिकित्सक संघको परिपत्रका आधारमा ओपिडी शुल्क बढाइएको निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले बताए ।

नेपाल चिकित्सक संघ चितवनले गत २६ भदौमा समितिलाई परिपत्र गरी चिकित्सक संघको केन्द्रीय समितिले गत ५ फागुनमा तय गरेको ओपिडी शुल्क १ असोजदेखि कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए ।

‘असोज १ गतेदेखि ओपिडी शुल्कको नयाँ रेट कार्यान्वयन नगरे सेवा सुविधा नदिने भनेर चिकित्सक संघले परिपत्र गरेपछि बढाउन बाध्य भएका हौँ’, अधिकारीले भने, ‘संघले भनेअनुसार बढाउँदा बिरामीलाई धेरै नै मार पर्ने भएकाले हामीले संघले तोकेको भन्दा पनि कम शुल्क कार्यान्वयन गर्न थालेका छौँ ।’

संघले मेडिकल अफिसरले हेर्ने बिरामीसँग बढीमा ४५० रुपैयाँ र अनुभवका आधारमा कन्सलटेन्ट चिकित्सकले हेर्ने बिरामीसँग ८२५ रुपैयाँसम्म लिन भनेको थियो ।

स्तरीय नर्सिङ होम र अस्पतालले उक्त शुल्कमा २० प्रतिशत थप गरी ओपिडी शुल्क लिन पनि संघले निजी अस्पतालहरूलाई आग्रह गरेको थियो ।

चिकित्सक संघले प्रस्ताव गरेको ओपिडी शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन नगरेपछि निजी अस्पताल समन्वय समितिमार्फत अस्पतालहरूलाई दबाव दिएको हो । हरेक दुई वर्षमा बढाउनुपर्ने ओपिडी शुल्क २०७२ सालदेखि नबढेको अधिकारी बताउँछन् ।

बढेको शुल्कमा चिकित्सक र अस्पतालले के कति पाउने भनेर उल्लेख गरेको छैन । चिकित्सक र अस्पतालबीच आपसी समझदारीमा ओपिडी शुल्क बाँडिने उनले बताए । एक पटक ओपिडी टिकट काटेपछि बिरामीले १५ दिनसम्म फलोअपमा आउँदा सोही टिकट देखाएर उपचार गर्न सक्ने उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फिति अनुसार अहिले बढेको ओपिडी शुल्क अन्य वस्तुमा भइरहेको मूल्य वृद्धि भन्दा पनि कम भएको उनले दाबी गरे । ‘दुई–दुई वर्षमा समायोजन गर्नुपर्ने शुल्क विभिन्न कारणले हुन सकेको थिएन । अहिले बढेको शुल्क पनि अन्य वस्तुको मूल्य वृद्धिको तुलनामा कम नै हो’, उनले भने ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा पुरुषोत्तम सेढाइले ओपिडी शुल्क बढाउने विषयमा निजी अस्पताललाई अनुमति नभएको बताए ।

‘ओपिडी शुल्क बढाउने भनेर कसैले पनि स्वीकृति लिएको छैन । हामीले अनुमति पनि दिएका छैनौँ’, उनले भने, ‘शुल्क निर्धारण गर्ने काम त संघको हो । शुल्क बढाएको विषयमा मन्त्रालयमा छलफल हुन्छ । त्यसपछि आवश्यक कारवाही प्रकृया अगाडि बढाउछौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले पनि निजी अस्पतालको ओपिडी शुल्क बढाउने विषयमा कुनै निर्णय नभएको बताए । २६ देखि २०० बेड क्षमताका अस्पताल प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ओपिडी शुल्क बढाएको बारेमा प्रदेशले अनुगमन गरी नियमन गर्न सक्ने उनले बताए ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.