थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२० असोज, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top