×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

दिल्ली पुग्यो कांग्रेस प्रतिनिधिमण्डल

२२ आश्विन २०७८

काठमाडौं: कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन् ।

महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेताहरूसँग भेट गरेको हो । टोली बिहीबार नै दिल्ली पुगेको थियो ।

Advertisement
Advertisement

‘प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट भाजपा अध्यक्षज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ । उहाँले नेपाल भ्रमणका लागि इच्छा देखाउँदै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिनु भएको छ,’ भेटवार्तापछि डा. महतले दिल्लीबाट टेलिफोनमा भने ।

दुई पार्टी र देशबीच एक–अर्कालाई नजिकबाट बुझ्न यो भ्रमण भएको विषयमा छलफल भएको पनि उनले बताए । ‘दुई देशबीच पनि समानता र सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्छ भन्नेमा भाजपा अध्यक्ष ज्यूको जोड थियो । हामीले पनि त्यही भन्दै आएका थियौँ । दुई देशका जनताको सांस्कृतिक सम्बन्धका विषयमा पनि हामीबीच छलफल भयो,’ डा. महतले भने ।

नेता राणाले भेटवार्तामा दुई पार्टीको सम्बन्ध विस्तारबारे सौहार्दपूर्ण छलफल भएको ट्विटरमा लेखेका छन् । उनले लेखेका छन्, ‘दुई पार्टी सम्बन्ध विस्तारका बारेमा हामीहरूबीच सौहार्दपूर्ण कुराकानी भएको थियो ।’

भारतीय जनता पार्टीले पनि दुई पार्टी र देशबीच सम्बन्ध थप सुदृढ बनाउने विषयमा कांग्रेस प्रतिनिधिमण्डलसँग छलफल भएको जनाएको छ । भाजपाले दुई पार्टीबीच विभिन्न आयाममा सम्बन्ध सुदृढ गर्ने विषयमा अन्तक्र्रिया भएको जनाएको छ । अध्यक्ष नड्डाले नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्नुपर्ने विषयमा जोड दिएको भाजपाले ट्विटरमा जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने तय भएको छ । यसैगरी टोलीले शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भदौ पहिलो साता नेपालको औपचारिक भ्रमणमा काठमाडौं आएका भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवालेको निमन्त्रणामा कांग्रेसको प्रतिनिधिमण्डल दिल्ली गएको हो ।

दिल्ली उड्नुअघि सञ्चारकर्मीसँग सहमहामन्त्री महतले भाजपा नेताको नेपाल भ्रमणपछि कांग्रेसको पारस्परिक (रेसिप्रोकल) भ्रमण भएको बताएका थिए । कांग्रेस र भाजपाबीचको सम्बन्ध र नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य रहेको उनको भनाइ थियो । स्रोतका अनुसार महत नेतृत्वको टोलीले भाजपा नेता र विदेशमन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारको भारत नीतिबारे जानकारी दिनेछ ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदी, नेपाली कांग्रेसका युवा नेताहरू सन्दीप राना, अम्बिकाप्रसाद जोशीलगायतले स्वागत गरेका थिए । उनीहरूले सरकारद्वारा फिर्ता बोलाइएका राजदूत नीलाम्बर आचार्यसँग पनि भेटवार्ता गरेका थिए ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भदौ पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश भन्दै नेपालसँग बलियो सम्बन्ध राख्न चाहेको बताएका थिए ।

Advertisement

नेपाली प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको अपेक्षा गरेको छ । तर, स्रोतका अनुसार भाजपा नेतृत्वले बिहीबार साँझसम्म मोदीसँगको भेट सुनिश्चित गरेको छैन । नेपाली प्रतिनिधिमण्डलले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम छ । काशी हिन्दू विश्वविद्यालयमा उनीहरूले नेपाल–भारत समबन्धबारे सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपानेले जानकारी दिए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top