संघीय निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

२२ असाेज, काठमाडौं ।

Advertisement

सरकारले संघीय निजामती सेवा विधेयक, २०७५ बहुमतले फिर्ता भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेयक संसदमा प्रस्तुत गरेका थिए ।

Advertisement

प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता कार्कीले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्‍यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्‍यो ।

Advertisement

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

विचाराधीन अवस्था फिर्ता नलिइ अध्यादेशमार्फत चलाउँदा आलोचना हुने भएकाले विधेयक फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top