भाडा वृद्धि गरिएकामा आपत्ति

२१ असोज ७८, शुक्रबार

२२ असाेज, काठमाडौँ।

वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरे । सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उनले आरोप लगाए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुने जनाउँदै दसैँअघि नै भाडा बढाएको हो । कात्तिक १ गतेदेखि लागू हुने भनिए पनि बुधबार भाडा बढाएका आधारमा बिहीबारदेखि नै सार्वजनिक यातायातमा भाडा असुली हुन थालेको छ । तेइस प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरेपनि व्यवसायीले भने सके जति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए। प्रदेश सरकारले भाडा वृद्धि गर्ने तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनको गुनासो छ ।

प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गर्ने जनाउँदै असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।व्यवसायीको इच्छामा भाडा वृद्धि गरेकाले खारेज गरिनुपर्ने यात्रु इन्द्रमाया तामाङले बताइन्। गत असार २७ गते अन्तर प्रदेशको भाडा वृद्धि गरिएको थियो । प्रदेशभित्र भाडा वृद्धि गर्ने अधिकार भने नयाँ संरचना अनुसार प्रदेश सरकारलाई दिइएको छ ।

प्रदेश १ सरकारले यसअघि नै भाडा समायोजन गरेको छ । अन्य प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छैन । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले सार्वजनिक यातायातको क्षेत्रमा वृद्धि गरिएको भाडादर फिर्ता लिन माग गरे । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top