दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

२३ असाेज, काठमाडाैँ ।
बडादशैंको तेस्रो दिन आज नवदुर्गाका नौवटा रूपमध्ये चन्द्रघण्टा भगवतीको भक्तिभावका साथ पूजा गरिदैं छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । जसअनुसार आज तेस्रो दिन चन्द्रघण्टा स्वरुपा भगवतीको पूजा गरिएको हो ।

Advertisement

यस दिन पनि पहिलो दिनजस्तै नित्यपूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। चन्द्रघण्टालाई खुसीपारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ। देवीको मस्तिकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहनगएको धार्मिक विश्वास छ ।

उनलाई सुन जस्तो पहेंलो शरीर र दस वटा हात भएकी देवी भनेर देवी भागवतमा उल्लेख छ। हतमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमलपुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ। चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ। भयनाश, दुष्ट प्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

Advertisement

माताचन्द्र घण्टालाई सबै प्रकारका फलफूल, पकवान, विशेषगरी दूधका परिकार चढाइन्छ । यस दिनचार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजागरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ । चन्द्रघण्टा देवीको पूजासँगै यस दिनपनि विभिन्न शक्तिपीठको दर्शन गर्ने चलन रहेको छ।

दशैँमा घरघरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रही आएको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैंको तेस्रो दिन देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा पूजा गरिँदै छ । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top