आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भन्ने पक्राउ

२३ असाेज, भोजपुर।

Advertisement

आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनेर धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका-१ चामबोटेका ४६ बर्षीय सुजिल राईलाई प्रहरीले पक्राउ गरेकाे छ। उनको साथबाट भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

उनले शुक्रबार राति सवा ८ बजे घरयासी विवादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरि घाइते बनाएका थिए।

Advertisement

त्यसपछि घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाकधम्की दिएको प्रहरीले जनाएको छ। घटनापछि पुगेको प्रहरीले घाते जुनालाई उपचारको लागि स्थानीय मेडिकल ओख्रेमा पठाइएको छ।

घटनास्थलमा भरुवा बन्दुक फाली फरार रहेका सुजिललाई प्रहरीले गाउँबाटै पक्राउ गरेको जनाएकाे छ। घटनस्थलबाट भरुवा बन्दुक र कोदालो बरामद भएकाे छ ।

Advertisement

घटनाबारे थप  अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top