दशैं बजारमा खशी र बोकाको प्रति केजी मूल्य ६४०

२३ असाेज, काठमाडाैँ ।

Advertisement

दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खशी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खशी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

Advertisement

२ हजार खसी बोका बिक्रीमा

कम्पनीले हाल २ हजार खशी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरी पनि खशी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन्। उनले दैनिक ५ सय वटा खशी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।

Advertisement

यता ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खशी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले खशी, बोका स्वस्थ रहेको र विक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन् ।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खशी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खशी, बोका खरिद गरिरहेको बताए । उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद विक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गरे। कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खशी, बोका ल्याइएको पनि जानकारी गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top