बेहोस भएर ढलिन् न्याय माग्दै माइतीघरमा धर्ना बसेकी सलिमुन

२३ असोज, काठमाडौं।

Advertisement

न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिंडेर काठमाडौंमा धर्ना दिइरहेकी सलिमुन बिहाना बेहोस भएर ढलेकी छन् । माइतीघर मण्डलमा धर्नाका क्रममा ४५ वर्षीया सलिमुन बेहोस भएर ढलेकी हुन् । नागरिक आन्दोलनका अगुवाले पनि साथ दिएको धर्नास्थलमा अहिले उनको उपचार भइरहेको छ ।

सलिमुनसहित न्याय माग्दै आएका महिलाहरूमाथि शुक्रबार साँझ माइतीघर मण्डलमै प्रहरीले धरपकड गरेर पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये रुबि खान अझै प्रहरी हिरासतमै छिन् । उनीसहित पक्राउपछि रिहा भएका अन्य १६ जनाले पनि भोकहडताल गरिरहेका छन् । उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

Advertisement

हिंडेर आएकी सलिमुन बिरामी थिइन् । उनले बिरामीकै कारण खाना खान समेत सकेकी थिइनन् । बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो । यी दुई महिलाको प्रकरणमा बाँके प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरु १९ दिन हिंडेर काठमाडौं आएपछि थप आन्दोलित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top