×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते

२४ आश्विन २०७८

२४ असोज, बुटवल ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।

Advertisement
Advertisement

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए ।

उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top