×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अनुगमनमा फेला पर्‍यो ६ वर्ष पुरानो चकलेट, ४ वर्ष पुरानो कोल्ड ड्रिक्स

२४ आश्विन २०७८

२४ असोज, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौं पुराना खाद्यवस्तु फेला परेको छन् । चाडपर्व लक्षित गरी आइतबार नगरपालिकाको वडा नं. ५ प्रेमनगर र वडा नं. १० को विजगौरीबाट म्याद गएका सामग्री बरामद गरी नष्ट गरेको छ ।

Advertisement
Advertisement

नगरपालिकाका नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद नाघेका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्सलगायतका वस्तु बरामद गरेको हो ।

आइतबार बिहान ८ बजेदेखि पालिकाको ग्रामीण भेगका पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा ४ वर्ष पुरानो कुहिएको चिसो पेय पदार्थसमेत भेटिएको छ । माउन्टेन ड्यु, फेन्सी, मेन्सन ड्यु, कोकाकोला, प्रान जुस र भारतीय उत्पादनसमेत बरामद गरिएको छ ।

९ महिनामात्र म्याद हुने ती वस्तु विक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभूमि नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताए ।

यसैगरी सन् २०१५ मा उत्पादन भएका चकलेटसमेत जफत गरिएको छ । म्याद नाघेका सेन्टर फिलीज, पावर ब्रान्डका चकलेट, आचिता दालमोठ, सुदूर कम्पनीका बिस्कुटसमेत बरामद गरिएको छ ।

एक वर्षको प्रयोग समय अवधि भए पनि ती चकलेट बिक्रीका लागि सजाएर राखिएका थिए । भारतमा उत्पादन भएका बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामग्री म्याद गुज्रिएका फेला परेका थिए ।

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रिएर कुहिएका वस्तुसमेत फेला परेको छ । नगरपालिकाले दशैँसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्य तालिका बनाई अनुगमन सञ्चालन गरेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top