खाद्यद्वारा हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

२४ असोज ७८, सोमबार

२५ असोज, काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ ।

कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार हिजो अबेरसम्म खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ ।

खसीबोका किन्न खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड छ । खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा ६ सय ५० रुपैयाँ तोकिएको थियो । यसमा १० रुपैयाँ छुट दिएर खाद्यले ६ सय ४० रुपैयाँमा बिक्री थालेको हो ।

गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । यस्तै, सरकारी संस्थानसँगै निजी व्यवसायीले सञ्चालन गरेका खसी बजारमा पनि खसीबोका किन्ने उपभोक्ताको भीड लागेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top