मोतिपुर झडपमा घाइते चार प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

मोतिपुर झडपमा घाइते चार प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

२५ असाेज, काठमाडाैँ ।

मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चार जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

 उनीहरुको एपीएफ अस्पताल काठमाडौंमा उपचार हुनेछ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको हो ।

झडपमा परी नेपाल प्रहरीका नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको एसपी केसीले बताए । घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् ।

सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् । झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.