२ सय करोड ठगी र फिरौती मामिलामा अभिनेत्री ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

२७ असोज ७८, बिहीबार

२८ असोज, एजेन्सी । २ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ ।

Advertisement

उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।

Advertisement

गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी बराबद गरेको जनाएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ ।

चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताएको छ । उनीविरुद्ध अन्य दर्जनौँ मुद्दा पनि रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top