नेपालले सच्चिएर भारतको सामना गर्छ, हाम्रो उद्देश्य नै जित हाे: सहायक प्रशिक्षक श्रेष्ठ

२९ असोज, माले ।
नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्नेछ ।नेपाल साफ च्याम्पिनसिपको २८ वर्ष लामो इतिहासमा फाइनल पुगेको यो नै पहिलो पल्ट हो ।

नेपालका सहायक प्रशीक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने दाबी गरेका छन् । नेपाल लिग चरणको खेलमा भारतसँग पराजित भएको थियो ।

त्यसमा नेपाली टिममाथि अत्याधिक सुरक्षात्मक रहेर खेलेको हुनाले आलोचना भएको थियो । त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सोधिएको प्रश्नमा स्पष्टिकरण दिँदै सहायक प्रशीक्षक श्रेष्ठले भने, ‘त्यो खेलमा टिमले गरेको भुललाई ध्यानमा राखेर सच्चिएर खेल्नेछौँ । हामी यसपल्ट जितका लागि खेल्नेछौँ र हाम्रो उद्देश्य जित नै रहेको छ । नेपाल जितका लागि हकदार पनि रहेको छ ।’

भारत भने साफको कीर्तिमान सात पल्टको विजेता हो र उसले लगातार आठौं पल्ट फाइनल खेलिरहेको छ । सन् २००५ यता भारतले प्रत्येक संस्करणको फाइनल खेलेको छ । भारतीय टिमका सहायक प्रशिक्षक सन्मुघम वेंकटेस नेपालले तेर्साउने चुनौती कठिन हुने बताए ।

उनी भन्छन्, ‘नेपालले तेर्साउने चुनौती पक्कै पनि कठिन हुनेछ । प्रतिद्वन्द्वीका रूपमा हामी नेपालको सम्मान गर्छौँ । हामी नेपाललाई कमजोर मान्ने भुल पक्कै पनि गर्दैनौँ । पछिल्लो समय दक्षिण एसियाली फुटबलमा कुनै टिमले धेरै प्रगति गरेको छ भने त्यो नेपालले हो । हामीले पछिल्ला केही खेल नेपालविरुद्ध खेलेका छौँ र त्यसमा हामी कडा प्रतिस्पर्धाकै सामना गरेका छौँ ।’

नेसनल स्टेडियममा हुनुपर्ने प्रि–म्याच कन्फ्रेन्स समुद्री बहाव बढेको हुनाले अन्तिम समयमा आएर रद्द गरिएको थियो र पछि यो भर्चुअल माध्यमबाट भएको थियो ।

प्रि–म्याच कन्फ्रेन्सकै क्रममा नेपाली टिमका कप्तान किरण लिम्बूले आफ्नो लागि माल्दिभ्स दोस्रो घर रहेको दाबी गर्दै फाइनलमा नेपाली टिमका लागि त्यहाँका फुटबल प्रेमी उत्रने दाबी गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top