रसुवा: रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीय बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताए ।
प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङलाई घरको पिँढीबाट लात्तीले हानेका थिए । आगनमा बजारिन गई गम्भिर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाइएको थियो ।
चेकजाँचको क्रममा तामाङको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शब पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए दिएको छ । बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।