समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिन्छ: मन्त्री रेणु यादव

३१ असोज ७८, सोमबार

१ कात्तिक, सप्तरी ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले पाएको कार्यभारलाई इमानदारितापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आइतबार जनता समाजवादी पार्टी नेपाल, बोदे बर्साईन नगर समिति तथा नगर व्यापार सङ्घ बोदे बर्साईनद्वारा सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री यादवले जिल्लाको विकास द्रुत गतिमा अगाडी बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

Advertisement

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आइपुग्नुभएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताइन् । मन्त्री यादवले कामको जिम्मेवारी लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने बताइन् । सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनी तथा ठेकेदारलाई कालोसूचीमा राखिने पनि उनले उल्लेख गरिन्।

मन्त्री यादवले जनताहरूको ठूलो बलिदानबाट प्राप्त अधिकारको संरक्षण तथा बाँकी अधिकार सुनिश्चितताका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top