माल्दिभ्सबाटै इन्डोनेसिया गए रोहित

१ असाेज, काठमाडौं ।

नेपाली फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, राेहित नेपाल फर्किएकाे टाेलीमा छैनन् ।

उनले सामाजिक सञ्जालबाट इन्डोनेसिया प्रस्थान गरेको जनाएका छन्। रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट ब्यावसायिक फुटबल खेल्दै आएका छन्। इन्डोनेसियाको अहिले शीर्ष डिभिजनको लिग चलिरहेको छ । उनी साफ च्याम्पियनसिप फुटबलका लागि इन्डोनेसियाबाट  सिधै माल्दिभ्स आएका थिए ।

रोहित नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी हुन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् । रोहितले पूर्वकप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् ।

२९ वर्षीय रोहितले नेपालका लागि ७४ क्याप खेलेका छन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलरक्षक किरण चेम्जोङको नाममा छ । किरणले ७९ खेल खेलेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि नेपाल आएनन्। अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका हुन्। त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेर स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।खेलाडीको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top