×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१ कार्तिक २०७८

१ कात्तिक, काठमाडौँ ।
मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने निर्णय गरेको पनि बताए । त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

Advertisement
Advertisement

प्रवक्ता कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरुबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने, मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने, साफ च्याम्पियनसीप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबलका खेलाडीहरु प्रति खेलाडी ५ लाख रुपैयाँ र प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने, अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररिय परामर्श बैठकमा सहभागी हुन माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्धी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।’

Advertisement

सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रीपरिषद्को बैठकले लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top