२ कात्तिक, काठमाडौं ।
लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण सुदुरपश्चिममा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना रहेकाे प्रहरीले जनाएकाे छ । यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन् । कैलालीमा एक जना बेपत्ता भएका छन् ।
पहिरोका कारण बझाङमा तीन, डोटीमा एक र डडेलधुरामा दुई वटा घर भत्किएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण बझाङको बागथला प्रहरी चौकी डुबानमा परेको छ । कैलाली, डोटी, डडेल्धुरा, बझाङ र अछाममा सडक समेत अवरोद्ध भएका छन् ।