२ कात्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आग्रहपछि प्रतिनिधि सभाको बैठक सारिएको छ। कात्तिक ९ गते मंगलबार १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक ११ गते बिहीबार २ बजेका लागि सारिएको हो।
कात्तिक ९ गते एमालेको पालिका अधिवेशन तोकिएकाले उक्त दिन प्रतिनिधि सभा बैठक सार्न एमालेका तर्फबाट खगराज अधिकारीसहितले संघीय संसद् सचिवालयमा निवेदन दिएका थिए।
दोस्रो पटक पुन:स्थापित प्रतिनिधि सभामा एमालेले लगातार अवरोध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र एकीकृत समाजवादी पार्टीका सांसदहरुको विवादमा एमालेले अवरोध गर्दै आएको छ।