बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता, उद्धारमा कठिनाई

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, काठमाडौं ।

Advertisement

बझाङमा मंगलबार पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको जनाइएकाे छ । गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेकाे एक स्थानीयले जानकारी दिए।

Advertisement

यस्तै, गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन्। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी बिक्रम चन्दले भने त्यहाँका स्थानीय सम्पर्कविहीन भएको जानकारी आए पनि पुष्टि भइनसकेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top