किसानलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

२ कात्तिक, काठमाडौं ।

Advertisement

नेकपा (एमाले)ले लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै मुलुकभर दुई दिनदेखि जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ।’

Advertisement

मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आमनेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि एमालेले सरकारसँग माग गरेको छ।

बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति एमालेले दुःख व्यक्त गरेको छ। दुई दिनयताको वर्षाका कारण किसानले भित्त्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । त्यस्तै, पश्चिम नेपालमा बाढीका कारण केही व्यक्तिको मृत्यु हुनुका साथै बाढीबाट ठूलो संख्यामा मानिस प्रभावित भएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top